कालिका क्याम्पसको अध्यक्षमा प्रेमकुमारी र सदस्यमा किरण केसी चयन


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०७७ मा प्रकाशित




पोखरा । कालिका बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षपदमा प्रेमकुमारी केसी सर्वसम्मत रुपमा चयन भएका छन् ।


समितिका जेष्ठ सदस्य जे.बी कुवरको अध्यक्षतामा शनिवार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले केसीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
क्याम्पसको संरक्षक एवं सिनेटर समेत रहेकी केसी लामो समय देखि सो क्याम्पसको सञ्चालक समितिको महिला सदस्य पदमा रही कार्य गर्दै आएकी थिइन् । नवनियुक्त अध्यक्षकेसी क्याम्पसका संस्थापक अध्यक्ष समाजसेवी एवं उद्योगपति स्व. सुर्यबहादुर केसीकी धर्मपत्नी हुन् ।


समितिको सोही बैठकले रिक्त सञ्चालक समिति सदस्य पदमा यूवा उद्यमी किरण केसीलाई मनोनयन गरेको छ । क्याम्पसको संरक्षक सिनेटर समेत रहेका यूवाब्यवसायी केसी पूर्व अध्यक्ष स्व.केसीका सुपुत्र हुन् ।


आफ्नो बावुको पद पछ्याउदै समाजसेवामा अग्रसर केसी छोटो समयमै लोकप्रीय युवाको रुपमा अगाडि वढेका छन् ।


यसैगरी आजै बसेको बैठकले संस्थापक अध्यक्ष स्वं. केसीको निधनमा बर्ष दिनभरी क्याम्पसका कुनै उत्सव एवं समारोह नगर्ने निर्णय गरेको समितिका सदस्य भिमसेन थापाले जानकारी दिए ।
स्नातकोत्तर तह सम्म अध्यापन हुने क्याम्प सेतिपूर्वको उच्च शिक्षा दिने पोखराको पहिलो क्याम्पस हो ।
२०४८ सालमा स्थापनाभएको सो क्याम्पसको संस्थापक अध्यक्ष प्रतिनिधि सभाका सदस्यएवं समाजसेवी सुुर्य बहादुर केसीको कार्तिक १७ गते असामयिक निधन भएपछि अध्यक्ष पद रिक्त हुन गएको थियो । उच्च शिक्षाको लागि प्रख्याती कमाएको सो कालिका क्याम्पसको भौतिक विकास र शैक्षिक उन्नयनमा केसी परिवारको महत्वपूर्ण योगदान रही आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।