पोखरा, पुस २३
जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा नेपाली कांग्रेसका राजन मेहता (सुनसरी) चयन भएका छन् । महासंघको पोखरामा शनिबार सम्पन्न चौथो राष्ट्रिय परिषदले दलीय भागवण्डामा नेतृत्व टुग्याउँदै कांग्रेसका मेहतालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
भागवण्डा अनसार महासंघको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका लुम्बिनी गौतम, महासचिवमा नेकपा एमालेका अशोककुमार घिमिरे, उपमहासचिवमा नेकपा एकीकृत समाजवादीका दीपककुमार गौतम र कोषाध्यक्षमा जनता समाजवादी पार्टीका सनबहादुर राई चयन भएका छन् ।
महासंघको ३१ सदस्यमध्ये ३ सदस्य पछि मनोनित गरिने जनाइएको छ । २८ सदस्य भने भागवण्डा गरेर चयन गरिएको छ ।
यसैबीच, महासंघ गण्डकीको अध्यक्षमा एमालेका लीलाधर पौडेल निर्विरोध चयन भएका छन् । दलीय भागवण्डा गरेर टुंग्याइएको समितिमा नेकपा माओवादी केन्द्रका सोमबहादुर जिसी, सचिवमा नेपाली कांग्रेसका सरस्वती बगाले, उपसचिवमा एमालेका खड्काराज बगाले चयन भएका छन् ।
भागवण्डा अनुसार एमालेले अध्यक्ष र उपसचिवसहित ८ सदस्य, नेपाली कांग्रेसले सचिवसहित ४ सदस्य, माओवादीले उपाध्यक्ष र राप्रपाले कोषाध्यक्षसहित २ सदस्य पाएको जनाइएको छ । कोषाध्यक्ष पाएको राप्रपाले नाम नदिदा हाललाई सो पद खाली नै राखिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







