पुस २४ पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’ का महाविजेता कुमार वाग्ले पुरस्कृत भएका छन् ।
आहा ! रारा पोखरा गोल्डकपमा संकटा क्लवले जित्ने अनुमान गरेका पोखरा–१३ आर्वाका वाग्लेलाई आइतबार एफएमको कार्यालयमा साहारा क्लव पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’, एफएमका प्रवन्ध निर्देशक दीपेन्द्र श्रेष्ठ, मार्केटिङ निर्देशक भोला कुमार श्रेष्ठले पुरस्कृत गरे । वाग्लेले डिजिटल साउण्ड एण्ड भिजन न्यूरोडको तर्फबाट ३२ इन्चको एलईडी टेलिभिजन, हिमश्री फुड्स प्रालिको उत्पादन रारा चाउचाउ पुरस्कार प्राप्त गरेका छन् ।
संकटा क्लव र अमेरिकाको भुट्निज यूथ स्पोर्टस् क्लवविचको फाइनल खेल कस्ले जित्ला ? भन्ने प्रश्नको सही अनुमानित उत्तर दिनेहरुमध्यबाट गोला प्रथामार्फत वाग्ले महाविजेता घोषित भएका हुन् ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा ब्याच्लर इन कम्प्यूटर इञ्जिनिरनिङ अध्यनरत वाग्लेले गोलाप्रथा मार्फत आफू विजेता बन्दा खुशी लागेको बताए । उनले भने ‘यसअघि पनि भाग लिने गरेको त थिए, तर यत्ति ठूलो पुरस्कार पाएको पहिलो पटक हो । शुरुमा त मलाई विश्वासै लागेन पछि साँच्चै रहेछ ।’
पोखरा रंगशालामा शनिबार भएको फाईनल भिडन्तमा अमेरिकाको भुटनिज युथ क्लवलाई ३–२ गोलअन्तरले हराउँदै संकटाले दोश्रो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधी उचालेको छ ।
यसअघि, एफएमले सञ्चालन गरेको आहा ! रारा पोखरा गोल्डकप विषेश कार्यक्रम ‘गेस एण्ड विन’मा विजेता घोषित भएका सात जना पुरस्कृत भइसकेका छन् । गोल्डकप अवधीभर सोधिएको प्रश्नको अनुमानित सही उत्तर दिनेहरुमध्यबाट गोलाप्रथा मार्फत विजेताहरुलाई सेभेन बी फोन जोन बुद्धविशाल बजार महेन्द्रपुलको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा।लि।को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुनद्वारा पुरस्कृत गरिएको मार्केटिङ निर्देशक श्रेष्ठले जानकारी दिए ।
‘गेस एण्ड विन’ मा पोखरा १३ उद्गममार्गका हर्कबहादुर गुरुङ, पोखरा–२२ पुम्दीभुम्दीका धिरेन भुजेल, स्याङ्जाको आधिखोला गाउँपालिका– ५ का नरहरी शर्मा, पोखरा–१३ की सिर्जना गिरी, पोखरा–१५, नयाँगाउँका दलबहादुर विश्वकर्मा, पोखरा– ९ नयाँ बजारकी लालदेबी शर्मा पौडेल, पोखरा १० हस्पिटलचोकका हेमन्त तिमिल्सिना विजेता बन्दै पुरस्कृत भएका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको…







