प्रतिनिधिसभाको आजको बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्य मनोनयन गरेको छ । बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सांसदहरु ईश्वरी न्यौपाने, चन्दा कार्की भण्डारी, देवराज घिमिरे, प्रतिक्षा तिवारी, बुद्धिमान तामाङ, रामकृष्ण यादव, सुशीला सिर्पाली ठकुरीलाई सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न मनोनयन गरिएको जानकारी गराए ।
प्रतिनिधिसभाको आजदेखि सुरु भएको बैठकले नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधिसभाबाट सभाको नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम काम कारबाही गर्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







