पोखरा । नेकपा एमालेका खगराज अधिकारीले आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारीले सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् ।
प्रदेश प्रमुख गुरुङले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । प्रदेश प्रमुखले दिएको समयसीमा सोमबार अपराह्न ४ बजेको दिएका छन् । त्यसअघि नै अधिकारी मुख्यमन्त्रीमा दाबी पेश गर्न माओवादी र राप्रपाका सांसदहरुलाई साथमा लिएर पुग्ने अधिकारी निकटहरु बताउँछन् ।
मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका अधिकारी नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता हुन् । उनी पूर्व गृह तथा स्वास्थ्यमन्त्री पनि हुन् ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ८ र राप्रपाका २ सांसदसहित बहुमत छ । प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको २७ सांसद छन् भने स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका एक सांसद छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको…







