पुस २८ पोखरा । नेपाल मगर सांस्कृतिक संघ, कास्कीको आयोजनामा हुने “मगर सांस्कृतिक उत्सव–२०७९”को तयारी अन्तिम चरणमा पुगेको छ । यही पुस ३० गते शनिबार पोखरा सभागृहमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष सरिता सारू मगरले जानकारी दिए ।
असहाय तथा विपन्न परिवारको सहयोगार्थ आयोजित कार्यक्रममा वरिष्ठ लोकगायिका एवं अभिनेत्री कविता आलेमगर र पत्रकार रूद्रबहादुर श्रीसमगरलाई सम्मान गरिन लागेको अध्यक्ष सारूमगरले जानकारी दिए ।
त्यसैगरी, कार्यक्रममा चर्चित कलाकारहरू ज्योति मगर, कुमार पुनमगर, गीता पाइजामगर र नवीन रानामगरलगायतका कलाकारको प्रस्तुती समेत रहने भएको छ । उत्सवमा मगर जातिमा प्रचलित घाँटु, सोरठी, कौरा, सालैजोलगायतका सांस्कृतिक प्रस्तुती समेत राखिएको सचिव वसन्ती थापामगरले जानकारी दिए ।
सचिव थापामगरका अनुसार सो कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका मन्त्री पञ्चराम गुरुङले गर्नेछन् । कार्यक्रममा खर्च कटाएर बचत भएको रकम असहाय तथा विपन्न परिवारको सहयोगमा खर्च गरिने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको…







