समाजसेवी मिना भट्टराईद्वारा मानव सेवा आश्रममा खाजा खुवाउने कार्यक्रमको आयोजना


     एभरेस्ट आवाज    
     माघ १ गते २०७९ मा प्रकाशित




पोखरा । लायन्स क्लब अफ पोखरा सुन्दर चौतारीले शनिवार मानव सेवा आश्रममा खाजा खुवाउने कार्यक्रमको आयोजना गर्यो ।
मानव सेवा आश्रम हेम्जा र छोरेपाटनमा आश्रित १८० जना आमा बालाई दिउसोको खाजाको रुपमा सेल रोटी, अचार,तरकारी बनाई खुवाएको कार्यक्रमका स्पोन्सर समेत रहेकी क्लवका चार्टर प्रेसिडेन्ट समाजसेवी मिना भट्टराईले जानकारी दिइन् ।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे का कम्युनिकेसन चिफ प्रजापति बास्तोला, अतिथिहरुका रुपमा डिस्ट्रिक्टका को चिफ तेजबहादुर भट्टराई, लायन्स क्लव अफ पोखरा चौतारीका अध्यक्ष गुरुप्रसाद पौडेल,निवर्तमान अध्यक्ष शरद सापकोटा लगैयत सिन्दर चौतैरी क्लवका पदाधिकारी र सदस्यहरुको समेत सहभागिता थियो ।
हत पुष १२ गते मानवताकालागि संगीत यात्रा नेपथ्य लाईभ कन्सर्ट सम्पन्न गरेको मानव सेवा आश्रम पोखराले यहि माघ २० गतेदेखि भवन निर्माण आर्थिक सहयोगार्थ महायज्ञ गर्दैछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।