माघ १ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार त्रिभूवन पौडेलको विमान दुर्घटनामा भएको अकल्पनीय निधनप्रति मञ्च गण्डकी स्तब्ध जनाएको छ ।
पोखरामा आइतबार भएको यती एअरलाइन्सको विमान दुर्घटनामा परि मञ्चका पूर्व सल्लाहकार तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पौडेलकोे निधनप्रति मञ्चले विज्ञप्ती मार्फत स्तब्ध हुँदै गहिरो दुःख र शोक व्यक्त गरेको छ
मञ्चका महासचिव राजाराम पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा स्वर्गीय पौडेल सहित दुर्घटनामा दिवांगत सबैप्रति चिरशान्ति तथा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनि हार्दिक समवेदना व्यक्त गरिएको छ । साथै विज्ञप्तीमा आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन र क्षति न्यूनिकरणका अधिकतम उपाय अपनाउन मञ्चले सम्बन्धित सबै पक्षसँग अपिल समेत गरेको छ ।
पछिल्लो समय पोखरा हटलाइन दैनिकको प्रकाशक / सम्पादक रहेका पौडेलले रेडियो अन्नपूर्ण, नेपाल टेलिभिजन लगायतका सञ्चारमाध्यममा समेत काम गरेका थिए । उनको अकल्पनीय निधनले नेपाली पत्रकारिता क्षेत्रले एक उर्जावान, अनुभवी र जुझारु पत्रकार गुमाएको छ ।
पत्रकार पौडेलको सनाखन भएसंगै नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ गण्डकी, प्रेस यूनियन, प्रेस चौतारी लगायतका विभिन्न संघ संस्थाले शोक व्क्तव्य जारी गर्दै उनको परिवारजनमा हार्दिक समावेदना व्यक्त गरेका छन् ।
आज बिहान काठमाण्डौबाट पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन ए एन सी, एटीआर – ७२५०० नम्बरको विमान अवतरण गर्ने क्रममा पोखरा घारिपाटनको सेती खोंचमा दुर्घटना हुँदा पूर्व सल्लाहकार पौडेलको निधन भएको हो । विमानमा पूर्व सल्लाहकार पौडेल, चालकदलका ४ सदस्यसहित ७२ जना सवार थिए । ती मध्य ६९ शब संकलन गरिएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







