फाइल तस्विर
माघ २ पोखरा । यती एअरलायन्सको विमान दुर्घटनामा हराईरहेका मध्य एक जनाको शव फेला परेको छ ।
भेटिएको शवलाई पोष्टमार्टमका लागि पोखरा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएको प्रहरीले जनाएको छ । यो सहित दुर्घटनामा मृत्यू हुनेको संख्या ७० पुगेको छ ।
यसअघि आइतबार ६८ जनाको आइतबार र एक जनाको शव सोमबार विहान घट्नास्थलबाट संकलन गरि पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएको थियो ।
आइतबार काठमाडौंबाट पोखरा आएको यती एयरलाईन्सको 9N–ANC कलसाईन भएको एटिआर विमानमा चालक दलका ४ जनासहित ७२ जना सवार रहेका थिए । जहाजमा रहेका २ जना अझै बेपत्ता छन् । उनीहरुको खोजी जारी छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको…







