sf7df8f}F, @% k';M k|ltlglw;ef a}7sdf ;f+;b s];L /fli6«o hgdf]rf{sf g]tf Pj+ k|ltlglw;efsf ;b:o lrqaxfb'/ s];L ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf dGtJo JoQm ug{'x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखमा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई बाध्य भएर समर्थन गर्नुपरेको बताएका छन् ।
आज बिहीवार प्रतिनिधि सभाको बैठकमा सभामुखकी उम्मेदवार न्यौपानेको समर्थनमा बोल्दै उनले भने, ‘छातीमा मुड्कीले हानेर भए पनि ईश्वरीलाई समर्थन गर्नुपर्ने बाध्यता आइलाग्यो ।’
अध्यक्ष केसीले गणतन्त्र र लोकतन्त्र ल्याउनका लागि लडाइँ लडेकाहरूलाई अपमान गर्ने अवस्था आउनु भनेको देशका लागि हितकर नभएको बताए। उनले नेपाली कांग्रेसलाई प्रतिपक्षमै नबसेर किन सरकारलाई समर्थन दिएको भनी प्रश्न गरे ।
अध्यक्ष केसीले अहिलेको संसद्को दृश्य निकै डरलाग्दो देखिएको बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका गृह मन्त्री रवि लामिछाने र सहरी विकास मन्त्री विक्रम पाण्डेप्रति इङ्गित गर्दै उहाँहरूको योग्यता के हो भनेर प्रश्न पनि गरे् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको…







