माघ १ पोखरा । पोखरामा जारी पोखरा महोत्सवमा आईकीडों आइकिकाई संघ नेपालले जापानी मार्शल आर्टको खेल प्रर्दशन गरेको छ । यूनाइटेड क्लवको आयोजनामा पोखराको अमरसिंहचौरमा जारी ११ औं पोखरा महोत्सवमा संघले शनिबार उक्त खेल प्रर्दशन गरेको हो ।
आत्मरक्षाका लागि खेलिने आईकीडों खेल कास्कीसहित, काठमाण्डौं, तनहुँ लगायतका विभिन्न जिल्लाहरुमा विद्यालयहरुमा नियमित प्रशिक्षण दिँदै आएको संघले जनाएको छ ।
आईकीडों खेलाडी अर्जुन श्रेष्ठ, विष्णु राई, उमेश लुंगेली, विनय श्रेष्ठ, दीवा राई, ऋषि श्रेष्ठ, सयुज रञ्जित लगायतले प्रर्दशन गरेको आईकीडों आईकिकाई संघ नेपालका संचिव विनय कुमार श्रेष्ठले जानकारी दिए ।
जापानमा महागुरु मोरिहेई उएसिवाले सन् १९४० मा विकास गरेको यस खेलले आफ्नो आत्मरक्षा गर्ने सिपको अभिवृद्धी गर्नुका साथै आत्मनिर्भर बनाउन सघाउने श्रेष्ठले बताए । साथै यस खेलले स्वास्थ जीवन, एकाग्र मष्तिस्क, सकारात्मक सोंचको विकास गराई सफल व्यत्तित्वको सृजना गर्नपनि यसले सघाउ पुर्याउने संघले विश्वास लिएको छ ।
विश्वका १४० देशका खेलिँदै आएको आईकीडो नेपालमा भने पछिल्लो १४ वर्ष अघिमात्रै भित्रिएको हो । यसलाई भित्र्याउनेको श्रेय प्रशिक्षक अर्जुन श्रेष्ठलाई जान्छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







