राष्ट्रिय मगर संघको प्रदेश अधिवेशन माघ १४ गते, तयारी तीव्र


     एभरेस्ट आवाज    
     माघ १० गते २०७९ मा प्रकाशित




पोखरा । नेपाली कांग्रेसनिकट नेपाल राष्ट्रिय मगर संघको दोस्रो गण्डकी प्रदेश अधिवेशन यही माघ १४ गते हुने भएको छ । दोस्रो अधिवेशनको तयारी तीव्र बनाइएको प्रदेश सभापति पदमबहादुर पुनले जानकारी दिए
।
यसअघि, पटक पटक मिति घोषणा भएर पनि स्थगित हुँदै आएको राष्ट्रिय मगर संघको प्रदेश अधिवेशन यसपटक माघ १४ गते शनिबार हुने भएको हो । अधिवेशनको उद्घाटन पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सभापति पुनले जानकारी दिए । पुनका अनुसार अधिवेशनलाई सम्बोधन गर्न पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारी, गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेलगायतका नेताहरूको उपस्थिति रहनेछ ।

अधिवेशनमा १० जिल्लाका झण्डै पाँच सय प्रतिनिधि सहभागी हुने संघका कास्की जिल्ला सभापति महावीर थापाले जानकारी दिए । जसमा प्रत्येक गाउँपालिकाबाट १ महिला र २ पुरुष, नगरपालिकाबाट २ महिला र ३ पुरुष प्रतिनिधि सहभागी हुनेछन् । पोखरा–९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने अधिवेशन अघि लखनचोकमा रहेको नेपालका प्रथम शहीद कप्तान लखन थापामगरको शालिकमा माल्र्यापण गरी मगर संस्कृति झल्किने झाँकीसहितको ¥याली समेत निकालिने थापाले बताए ।

अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।