महाधिवेशनको तयारीका लागि जनपरिचालन कमिटी गठन


     एभरेस्ट आवाज    
     माघ १६ गते २०७९ मा प्रकाशित




काठमाडौ । नेकपा (एमाले)को भातृसङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आशन्न २३औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि एक हजार एक सय ११ सदस्यीय परिचालन कमिटी गठन गरेको छ ।

सङ्गठनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुनिता बरालको अध्यक्षता आज काठमाडौँमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलाले उपाध्यक्ष उमेश आचार्यको नेतृत्वमा जनपरिचालन समिति गठन गरेको हो ।

समितिमा केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, उपत्यकाका तीनवटै जिल्ला कमिटी र उपत्यकाका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पस कमिटीका अध्यक्ष छन् ।

सङ्गठनले मुलुकका सबै क्याम्पस, जिल्लाका मुख्य सहर र प्रदेश राजधानीमा ब्यानरसहित प्रचारका लागि विशेष सर्कुलर जारी गरेको अनेरास्ववियुका प्रचार विभागका सचिव नवराज ढकालले जानकारी दिएका दिए ।

प्रचार विभाग प्रमुख नरेश रोकायाका अनुसार एक हजार सात सय प्रतिनिधिको उपस्तिथिमा अनेरास्ववियुको महाधिवेशन आउँदो फागुन २ मा काठमाडौँमा हुनेछ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।