माघ १४ तनहुँ । आईकिडो आइकिकाई संघ नेपलले जापानी मार्शल आर्ट आत्मरक्षा आईकिडोको खेल तनहुँमा प्रर्दशन गरेको छ ।
संघले पञ्चमुनिदेव माध्यमिक विद्यालय दुलेगौंडाको ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा शनिबार खेल प्रर्दशन गरेको हो । कार्यक्रममा अर्जुन श्रेष्ठ, विनय श्रेष्ठ, विष्णु राई, उमेश लिंगुलेली, सयजु रञ्जित, सिन्हाल रञ्जित, मोनिक रञ्जित र निशा श्रेष्ठले उक्त खेल प्रर्दशन गरेका हुन् ।
आत्मरक्षाका तथा स्वस्थ जीवन, एकाग्र मन, सकरात्मक सोच र अनुशासित जीवनका लागि जापानी मार्शल आर्ट आत्मरक्षा आईकिडो खेल्ने गरिएको संघका सचिव विनय कुमार श्रेष्ठले जानकारी दिए ।
संघले कास्कीसहित, काठमाण्डौं, तनहुँ लगायतका विभिन्न जिल्लाका विद्यालयहरुमा खेलसम्बन्धी नियमित प्रशिक्षण दिँदै आएको सचिव श्रेष्ठले बताए ।
जापानमा महागुरु मोरिहेई उएसिवाले सन् १९४० मा विकास गरेको यो खेललाई नेपालमा भने १४ वर्ष पहिलेमात्रै अर्जुन श्रेष्ठले भित्र्याएको संघले जनाएको छ । विश्वका १४० देशहरुमा विस्तार भइसकेको यो खेलप्रति नेपालका विद्यार्थीहरु आर्कर्षित भइरहेको संघका सचिव श्रेष्ठले दावी गरे ।
संघले यसअघि यूनाइटेड क्लव पोखराले अमरसिंहचौरमा आयोजना गरेको ११ औं पोखरा महोत्सवमा पनि खेल प्रर्दशन गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको…







