पोखरा १५ मा निस्सा वितरण


     एभरेस्ट आवाज    
     माघ २० गते २०७९ मा प्रकाशित




माघ २० पोखरा । पोखरा महानगरपालिका वडा नं १५ का भूमिहिन, भुमिहिन दलित र अब्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण सुरु गरिएको छ ।

पोखरा १५ पटनेरीका सुकुम्बासीहरुलाई पोखरा महानरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, भुमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेल, वडाअध्यक्ष तोरणबाहदुर बानियाँले निस्सा वितरणको सुरुवात गरे । उपप्रमुख गुरुङले सिमा गिरी पुरीलाई पहिलो निस्सा हस्तान्तरण गरिन् ।

निस्सा वितरण गदै उपप्रमुख गुरुङले निर्वाचनले रोक्किएको निस्सा वितरण कार्य फेरी सुरु भएको बताउँदै कुनैपनि नागरिक जग्गा विहिन नहोस भन्ने उद्देश्यले काम अगाडी बढेको बताइन् । अव कोही पनि भुमि विहिन हुने अवस्था रहदैन उनले भनिन्, “निस्सा प्राप्त ब्यक्तिहरुले जग्गा पाउने निश्चित भएको छ ।”

भुमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेलले निस्सा सेतो कागज मात्रै नभई रातो पुर्जा पाउने प्रमाण भएको बताउँदै यसलाई जगत गरेर राख्न आग्रह गरे । लामो समयपछि भुमिहिन, दलित, सुकुम्बासीले बासोबासका लागि जग्गा प्राप्त गर्ने अवस्था सृजना भएको बताए ।

पोखरा १५ का अध्यक्ष तोरणबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य बलराम पौडेल, वडा स्तरीय सहजीकरण समितिका सदस्य नरेश थापा लगायतले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।