पोखरा । स्टेप बाई स्टेप मा . वि. मासबार, पोखरामा खेलकुद तथा अतिरिक्त क्रियाकलापका पुरस्कार वितरण गरिएको छ ।
बर्षभरि भएका अतिरिक्त क्रियाकलाप, अनुशासन तथा विद्यालयको खेलकुद महोत्सवमा सम्पन्न फुटबल, बास्केटबल, भलिबल, टि.टि., ब्याडमिन्टन, दौडहरु आदिमा विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान विद्यालयले जनाएको छ ।
सो अवसरमा प्राचार्य निर्मला बरालले विद्यालयले पढाइका साथसाथै खेलकुद र अतिरिक्त क्रियाकलापमा जोड दिई विद्यार्थीको चौतर्फी विकासमा विशेष ध्यान दिने गरेको बताईन् । उनले विजयी विद्यार्थीहरुलाई बधाई दिँदै उत्तरउत्तर प्रगतिको कामना समेत गरिन् ।
विद्यालय व्यवस्थापन समिति सदस्य तथा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डण्डराज पौडेलले यस विद्यालयले यस क्षेत्रकै शिक्षा क्षेत्रमा ठुलो योगदान पु¥याएको सुनाए ।
कार्यक्रमका सभापति तथा संस्थापक निर्देशक रमाकान्त बरालले बिजयी विद्यार्थीहरु लाई बधाई दिँदै कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद दिए । सहप्राचार्य दीपक गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक मेघनाथ गिरीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







