पोखरा, माघ २७
पोखराको नदीपुरमा रहेको प्रतिभा माविमा शुक्रबार पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको शैक्षिक वर्षको पुरस्कार वितरण कार्यक्रम शुक्रबार गरेको हो । सो अवसरमा ट्यालेन्ट सो तथा अनुशासनमा उत्कृष्ट भएकाहरुलाई पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा विद्यालयका विभिन्न तहका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रतिभा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले प्रतिभा मावि गुणस्तरीय शिक्षाका लागि सदैव प्रतिबद्ध भएको बताए । विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यालयको आगामी शैक्षिक गतिविधि तथा कार्यक्रमबारे प्रकाश पारेका थिए ।

कार्यक्रमको सञ्चालन विद्यालयका सहप्राचार्य प्रदीप खनाल, शिक्षकहरु प्रकाश अधिकारी, पद्मा पराजुली, अनिता गुरुङ, भगवती सुबेदी तथा विद्यार्थीहरु जस्विना मल्ल, सेरिना खत्री, सम्पूर्ण पौडेल र स्वीकृति ताम्राकारले गरेका थिए भने स्वागत मन्तव्य विद्यालयको तर्फबाट सहप्राचार्य बुद्धिमोहन पौडेल र विद्यार्थीको तर्फबाट जस्विना मल्लले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







