पोखरा । पोखरा महानगरपालिका वडा नम्वर ७ को आयोजनामा सामाजिक क्षेत्रमा क्रियाशिल महिलाहरुको लागि नेतृत्व तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यले सिकेका विषयलाई व्यवहारमा उतार्नको लागि आग्रह गरे । उनले तालिममा सहभागी सम्पूर्णलाई सक्रिय सहभागिता जनाउनका लागि आग्रह गरे ।
वडा सदस्य तथा कार्यक्रम संयोजक बसुन्धरा लामिछानेले वडामा रहेका सामाजिक सस्थाले अत्यन्तै प्रभावकारी कार्यक्रम गरिरहेको तर गरेका गतिविधिलाई सम्वन्धित ठाउँमा पुगेर राख्न नसकेको हुँदा यो कार्यक्रम आयोजना गरेको बताए ।
कार्यक्रमको संचालन वडा सदस्य विष्णुमणि बरालले गरेका थिए । तालिमको सहजीकरण रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी र पत्रकार शुस्मा पौडेलले गरेका थिए ।
तालिममा वडामा सामाजिक क्षेत्रमा क्रियाशिल सस्थाहरुका ५१ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको…







