फिर्के पुल समयमै निर्माण सम्पन्न गर्न ठेकेदारलाई उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन


     एभरेस्ट आवाज    
     फागुन ५ गते २०७९ मा प्रकाशित




पोखरा, फागुन ५

पोखरा–हरिचोक सडक बिस्तार भएको पाँच वर्ष भयो । दुई लेनको सडक ६ लेनको भएपछि केहि सहज भएको छ । तर त्यहि सडकको बिचमा एउटा बोटल नेक ९साँघुरो० पुल छ । जुन पुलका कारण बारम्बार दुर्घटना हुँदा आधा दर्जन बढीको ज्यान गइसकेको छ भने कयौं घाईते भएका छन् ।

बाटो अनुसारको पुल बनाउनका लागि पाँच वर्ष अघि नै सम्झौता भएको हो । तर पाँच वर्षमा दुई पटक म्याद थप्दापनि पुल निर्माण सम्पन्न हुनु त परको कुरा, एक छेउपनि काम भएको छैन । बरु निर्माण कार्य पुल अलपत्र अवस्थामा छ । पुल नबन्दा स्थानिय तथा यात्रुले दुःख त पाएकै छन् । झन् ज्यानै गुमाउँदा, अंगभंग हुँदा पीडामाथि पीडा थपिने गरेको छ ।

२०७५ साल असोज ८ गते सम्झौता भएको सो पुल २०७७ साल चैत ३० गतेसम्ममा निर्माण सम्पन्न भईसक्नुपर्ने हो । तर त्यतिबेला कोरोना महामारीका कारण देखाउँदै ७ प्रतिशतमात्र काम सम्पन्न भएपछि एक वर्ष म्याद थपियो । तर कम्पनीको ढिलासुस्तीका कारण पहिलो पटक थपिएको म्यादभित्र पुल निर्माणको काम १० प्रतिशतमा भौतिक प्रगति सिमित भएपछि तोकिएको समयमा पुल बनेन । त्यसपछि बाह्रौं संसोधन अनुसार दोश्रो पटक एक वर्ष म्याद थपिएको छ । थपिएको म्याद अनुसार आगामी असार सम्ममा पुल निर्माण भईसक्नुपर्ने हो । तर अहिलेसम्म पुल निर्माणको काम १६ प्रतिशतमात्र काम सकिएको छ । पुलको तल्लो भागतर्फ हाल फाउण्डेसन निर्माणको कार्य भइरहेको छ । अहिलेपनि २÷३ जनामात्र कामदार खटाइएको छ भने छड र सिमेन्टसमेत झारिएको छैन । जसका कारण समयमै पुल निर्माण हुने छाँटकाँट देखिएको छैन ।

निर्माण कम्पनी शान्ति आरोग्य जेभी सानेपा, ललितपुरका साईड ईञ्चार्ज सुमन पौडेल दोेश्रो पटक थपिएको म्याद असार मसान्त सम्ममा एकातर्फको पुल मात्रै निर्माण सम्पन्न हुने बताउँछन् । दुबै तर्फ पुल निर्माण गर्न अझै एक वर्ष लाग्छ,उनले भने,‘थपिएको म्याद भित्र एकातर्फ मात्र पुल बन्छ । त्यसपछि कम्तिमा ६ महिना थपियो भनेमात्र दुबैतर्फ पुल निर्माण सम्पन्न हुन्छ ।’

नेपालमै पहिलोपटक पाइलको सपोर्टमा केवल हालेर टावर टाइपको स्पेसल एक्स्ट्रा डोज मोटरेवल पुल निर्माण गर्नेगरी सम्झौता भएको छ । कंक्रिट ग्रिडर र पाइल फाउण्डेसन गरेर निर्माण गरिन लागेको यो पुल स्पेसल एक्स्ट्रा डोज मोटरेवल पुल हो । त्यहाँ हाल रहेको पुलको दुबैतर्फ दुई÷दुई लेनको दुई वटा पुल निर्माण गर्नेगरी १२ करोड ३२ लाख २६ हजारमा सम्झौता भएको छ । माछापुच्छ«े हिमालसहित अन्य हिम श्रृंखलासमेत देखिने भएकाले यस्तो डिजाइनमा पुल बनाउन लागिएको सडक विभाग पोखरा कार्यालयकी ईञ्जिनियर सहनशीला कायस्थले जानकारी दिईन् ।

यसैबीच, उप–प्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले पुल निर्माणमा भएको ढिलाईप्रति चासो दिएका छन् । उनले शुक्रबार पुल निर्माण स्थलमा पुगेर अवलोकन गर्नुका साथै निर्माण कम्पनीका प्रतिनिधिलाई तोकिएको मितिमै पुल निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिए । उनले भने,‘तपाईंहरुका कारण निर्माण कम्पनीहरुको बदनाम भईरहेको छ । तोकिएको समयमा गुणस्तरीय पुल निर्माण गर्नुहोला । अन्यथा कारवाही हुन्छ ।’ उनले काममा बहानाबाजी नचल्ने चेतावनीसमेत दिए ।

निर्माण कम्पनीका साईड ईञ्चार्ज सुमन पौडेलले शुरुमा मुआब्जाका कारण पुल निर्माणमा ढिलाई भएको र अहिले समस्या समाधान भइसकेकाले अबचाहिं तिव्र गतिमा निर्माण कार्य अघि बढ्ने बताए । तर फेरी एकपटक म्याद नथपेसम्म पुल निर्माण कार्य सम्पन्न हुने अवस्था नरहेको दोहो¥याए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।