गणतन्त्र र संविधान आत्मसाथ नगर्ने पूर्व राजा ज्ञानेन्द्र शाहको स्टेटमेन्टको कुनै औचित्य छैन : गुरुङ


     एभरेस्ट आवाज    
     फागुन ७ गते २०७९ मा प्रकाशित




पोखरा, फागुन ७

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाहको स्टेटमेन्टको कुनै अर्थ र औचित्य नभएको टिप्पणी गरेका छन् । प्रेस सेन्टर नेपाल कास्कीले आईतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गणतन्त्र र संविधानलाई आत्मसाथ नगरेका पूर्व राजा ज्ञानेन्द्रको स्टेटमेन्टको कुनै अर्थ र औचित्य नभएको बताएका हुन् ।

प्रजातन्त्र दिवसको अघिल्लो दिन साँझ पूर्व राजा ज्ञानेन्द्रले राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि दलहरु र राजसंस्थाबीच सहकार्य आवश्यक रहेको बताएका थिए । सोहि विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा उनले भने,‘पूर्व राजा ज्ञानेन्द्रले देशमा भएको परिवर्तनलाई आत्मसाथ गरेका छैनन् । गणतन्त्र र संविधानलार्य आत्मसाथ गरेका छैनन् । यो आत्मसाथ नगरेसम्म पूर्व राजा ज्ञानेन्द्रसँग सहकार्य सम्भव छैन ।’ उनले सहकार्यका लागि समान धारणा हुन जरुरी रहेको तर दलहरु र राजसंस्थाबीच त्यस्तो धारणा समान नभएको बताए । सहकार्यका लागि त डेमोक्रेसीको रक्षा, संविधानको रक्षाका लागि सहकार्य हुनुप¥यो,उनले भने,‘अहिलेको संविधानलाई, गणतन्त्रलाई, परिवर्तनलाई आत्मसाथ गर्न जरुरी छ । तर उहाँ त डेमोक्रेसीलाई निषेध गर्न खोज्ने । राष्ट्रियताको मात्रै कुरा गर्ने गर्नुहुन्छ । यो त कोरा राष्ट्रवाद हो । कोरा राष्ट्रवादले नेपालको रक्षा हुँदैन भन्ने कुरा पुष्टि गर्दै आएको छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।