पोखरामा आईटिएफ तेक्वान्दोको टेक्निकल सेमिनार तथा बेल्ट टेस्ट कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     फागुन ८ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरामा आईटिएफ तेक्वान्दोको टेक्निकल सेमिनार तथा बेल्ट टेस्ट कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो संघको आयोजनामा सम्पन्न भएको कार्यक्रम पोखराको रंगशालामा सम्पन्न भएको हो ।

कार्यक्रममा गण्डकी प्रदेश भित्रका बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, तनहुँ, लम्जुङ र नवलपुरका गरि करिव १ सय ५० खेलाडीहरुको सहभागी रहेको आईटीएफ तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष घम थापामगरले जानकारी दिए ।

आईतबार भएको समापन कार्यक्रममा प्रदेश सभा सदस्य जित बहादुर शेरचनको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेश सभा सदस्य दिलमाया पोवि, क्षेत्रीय खेलकुद बिकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगि, कास्की जिल्ला खेलकुद बिकास समिति कार्यालय प्रमुख डि बि नेपालीलगाएतको उपस्थिति रहेको थियो ।

शनिबारको उद्धघाटन सत्रमा सामाजिक बिकास तथा स्वास्थ मन्त्री पन्चराम गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने
प्रदेश सभा सदस्य तथा पूर्व यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ लगाएतको उपस्थिति रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।