आज ग्याल्पो ल्होसार, देशभरि सार्वजनिक बिदा


     एभरेस्ट आवाज    
     फागुन ९ गते २०७९ मा प्रकाशित




आज शेर्पा समुदायको नयाँ वर्ष शुरु भएको अवसरमा ग्याल्पो ल्होसार पर्व मनाइदैँछ । तिब्बती बौद्ध धर्मअनुसार फागुन शुक्ल प्रतिपदाका दिनलाई नयाँ वर्षका रुपमा मनाउने प्रचलन छ ।

आउँदो पुर्णिमासम्मै मनाइने ग्याल्पो ल्होसार शेर्पा समुदाय बसोबास गर्ने नेपालको हिमाली भेगको प्रमुख पर्वमध्ये एक हो । तिब्बती क्यालेन्डर अनुसार अहिले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागिएको हो ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएकोमा यसपटक बाँदर वर्ग सम्पन्न भई कुकुर वर्गमा प्रवेश भएको छ ।

आजका दिन शेर्पा समुदायले मैदाको पिठोबाट बनाइएको खाप्से नाम गरेको मिठाई विशेष परिकारका रुपमा तयार गर्दछन् । नेपालमा गुरुङ समुदायले लमु ल्होसार, तामाङले सोनम ल्होसार र शेर्पाले ग्याल्पो ल्होसार मनाउँदै आएका छन् । ग्याल्पो ल्होसारका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।