फागुन १९ काठमाण्डौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष स्थापनको १५ वर्षमा प्रवेश गरेको छ । शुक्रबार कोषले एक कार्यक्रमको आयोजना गरि १४ औं स्थापना दिवस मनाएको छ ।
कार्यक्रमको राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतले उद्घाटन गरे । उनले वेरोजगार यूवाहरुलाई स्वरोजगार बनाउन कोषको भूमिका महत्वपूर्ण रहेको बताए । उनले कोषलाई अझ प्रभावकारी हुनेगरि ऐन निर्माण गरि अगाडी बढ्न आवश्यक रहेको औंल्याए । उनले धेरैभन्दा धेरै यूवा तथा साना व्यवसायीलाई स्वरोजगार हुने कार्यक्रमहरु अगाडी बढाउन आग्रह गरे ।
यूवा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवराम न्यौपानेले कोषले स्थापनाको १४ वर्ष पुरा गर्दा प्राप्त सफलताको प्रंशसा गर्दै कोषबाट प्राप्त कर्जालाई सहि ठाउँमा सदुपयोग गर्न सेवाग्राहीलाई आग्रह गरे ।
कार्यक्रममा कोषका उपाध्यक्ष डा. देवराज रोका ‘कल्याण’ले कोषले विशेषगरि आर्थिक रुपमा विपन्न १८ वर्ष देखि ६० वर्ष उमेर समूहका वेरोजगार, यूवा तथा साना व्यवसायीलाई बिना धितो स्वरोजगार कर्जा, सहुलियत व्याजदरमा कर्जा लगानी, सुलभ व्याजदरमा व्यवसायिक कर्जा, कोषले व्यवसायी तथा व्यवसायी परियोजनाको निःशूल्क बीमा तथा असल कर्जाग्राहीको ब्याजमा ६० प्रतिशत अनुदान लगायतका सेवाहरु दिँदै आएको जानकारी दिए ।
सो अवसरमा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले कोषको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए । कोषले हालसम्म ९५ हजार १६१ जनाको संख्यामा स्वरोजगार सिर्जना गरेको जानकारी दिए ।
नेपाल सरकारद्वारा तत्कालिन अर्थमन्त्रालय अन्र्तगत रहनेगरि २०६५ फागुन १९ गतेबाट औपचारिक शूरुवात भएको कोष अहिले यूवा तथा खेलकुद मन्त्रालय अन्र्तगत सञ्चालनमा रहेको बताउँदै उनले हालसम्म कोषमार्फत लक्षित वर्गलाई १२ अर्व ९३ करोड ११ लाख ८५ हजार रुपैयाँ लगानी गरिसकेको बताए ।
कोषले स्थापनाको १४ वर्षको अवधीमा ४२ हजार बढी यूवा तथा साना व्यवासायीलाई अभिमुखिकरण तालिम, करिव साढे ८ हजार जनालाई सिपमुलक तालिम, विभिन्न संस्थाका ६ हजार जनालाई अनुशिक्षण तालिम प्रदान गरेको विवरण प्रस्तुत गरेका थिए ।
नेपाल सरकारबाट प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ अन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन नियमावली, २०७७ अनुसार सञ्चालित कोषले सहुलियत व्याजदरमा प्रतिव्यक्ति रु दुई लाखसम्म आवधिक ऋण उपलब्ध गराई तिनीहरुको आय आर्जनमा वृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउन भूमिका खेल्नुका साथै उद्यमशीलताको विकास मार्फत मुलुकभित्र स्वरोजगारका अवसर सिर्जना गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
यस्तै कोषले आर्थिक रुपले विपन्न महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारु, सीमान्तकृत, लोपोन्मुख, अल्पङ्ख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, द्वन्द्व पीडित तथा पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरिब किसान, मजदुर, सुकुम्बासी वा साना व्यवसायी एवं युवाहरु तथा परम्परागत सीप भएका जात जातिहरुलाई व्यवसायिक खेती, पशुपंक्षीपालन, कृषिजन्य उद्योग वा सेवामुलक स्वरोजगार कार्यक्रम लगायतका क्षेत्रमा काम गरिरहेको पनि जनाएको छ ।
२५ जनालाई स्वरोजगार कर्जा वितरण
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले २५ जना यूवाहरुलाई स्वरोजगार कर्जा वितरण गरेको छ । शुक्रबार कोषको १४ औं स्थापना दिवसको अवसरमा काठमाण्डौंमा आयोजित कार्यक्रममा उनीहरुलाई कर्जा वितरण गरिएको हो ।
सेरामिक्स, कफी सप, बेकरी, तरकारी उत्पादन तथा अन्य व्यवसायका लागि २५ जनालाई दुई लाख रुपैयाँका दरले कर्जा वितरण गरिएको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिए । यूवाहरुलाई राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, कोषका उपाध्यक्ष डा. देवराज रोका ‘कल्याण’ र कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले संयूक्तरुपमा हस्तान्त्रण गरे । सो रकम सहि सदुपयोग गरि सफल उद्यमी बन्न राष्ट्रिय योजना आयोगका सदस्य डा. राउतले आग्रह गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







