फाइल तस्विर
पोखरा, फागुन २०
पोखरामा आज दिउँसो एक्कासी हावाहुरी चलेर डुङ्गा पल्टिदा एक जना बेहोस् भएका छन् । एक्कासी चलेको हावाहुरीले डुङ्गा पल्टिएर डुब्दा सोहि डुङ्गामा सयर पोखरा महानगरपालिका वडा नम्बर १ निवासी ७० वर्षिया बृद्धा याममाया गिरी बेहोस् भएकी हुन् । एकै परिवारका पाँचजना बसेको डुङ्गा पल्टिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । सबैले लाईफ ज्याकेट लगाएपनि महिलालाई डुङ्गाले च्यापेकाले उनी पानीमा डुबेको बताइएको छ । अन्य भने सहजै बाहिर निस्किएका थिए ।
डुङ्गाले च्यापिएकी उनलाई तत्कालै सशस्त्र प्रहरी बलको उद्धार टोलीले उद्धार गरेको बैदाम प्रहरीले जनाएको छ । गम्भीर अवस्थाकी उनलाई गण्डकी मेडिकल कलेज लगेर उपचार थालिएको छ ।
दिउँसो अकस्मात हावाहुरी चल्दा पल्टिएका अन्य चार वटा कायकलाई पनि सुरक्षित रुपमा उद्धार गरिएको थियो । बैदाम प्रहरी ईञ्चार्ज वेदप्रकाश जोशीले पल्टिएका कायक र डुङ्गाको तत्कालै उद्धार गरिएको बताए । ‘हामीले चाँडै उद्धार गर्न सकेकाले मानवीय क्षेती हुनबाट जोगाउन सफल भयौं’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







