पोखरा, फागुन २०
नेपाल उद्योग व्यापार महासंघ महिला विभागको केन्द्रीय अध्यक्षमा पोखराकी गोमा ढकाल अध्यक्षमा निर्वाचित भएकी छन् । नेकपा माओवादी केन्द्र निकट नेपाल उद्योग व्यापार महासंघमा आबद्ध देशभरका महिलाहरुको शनिबार पोखरामा सम्पन्न भेलाले ढकालको अध्यक्षतामा १५ सदस्यीय महिला विभाग सर्वसम्मत चयन गरिएको हो ।
सदस्यहरुमा तारा नेपाली (कर्णाली), भानु कडेंल, सृजना सोति (गण्डकी), सृजना पाण्डे बाग्मती, ममताकुमारी सिंह लुम्बिनी, मुना कटुवाल कोशी, कल्पना जैसीलगायतलाई चयन गरेको नवनिर्वाचित अध्यक्ष गोमा ढकालले जानकारी दिईन् ।
नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







