पोखरा, फागुन २४
रेन्वो चिल्ड्रेन होम नेपालले एक असक्त बृद्धा महिलालाई सम्मान गरेर अन्र्तराष्ट्रिय नारी दिवस मनाएको छ । पोखरा–६ लेकसाईडमा ३० जना बालबालिकालाई आश्रय दिदै आएको सो चिल्ड्रेन होमले बुधबार असक्त र बृद्धा महिला छिछिया थारुलाई नगद पाँच हजारसहित सम्मान गरेर नारी दिवस मनाएको हो । आफन्त नभएर असहायःसमेत रहेकी थारु विगत केहि वर्षदेखि चिल्ड्रेन होमकै प्राङ्गणमा आश्रय लिँदै आएकी छन् । सम्मानित थारुलाई सो अवसरमा ओढ्ने ब्ल्याङ्केट, लत्ताकपडा र खाद्यान्नसमेत प्रदान गरिएको चिल्ड्रेन होमकी निर्देशक गोमा ढकालले जानकारी दिईन् ।

कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि तथा चिल्ड्रेन होमकी सल्लाहकार सेतीदेवी लामिछानेले चिल्ड्रेन होमले एक असक्त र बृद्धा महिलालाई सम्मान र सहयोग गरेर उदाहरणीय कार्य गरेको बताईन् ।
चिल्ड्रेन होमकी निर्देशक गोमा ढकालले कयौं सहिदले ज्यानको आहुती दिएकैले अहिले नारी दिवस मनाउन पाईएकाले यसलाई उत्सवका रुपमा मनाउनु पर्नेमा जोड दिईन् । उनले कयौंको बलिदान र त्यागबाट प्राप्त नारी दिवसले थप चेतना र प्रेरणा प्रदान गरेर महिलालाई समानताको न्याय दिलाउनुपर्ने उल्लेख गरिन् ।
चिल्ड्रेन होमकी अध्यक्ष कमला ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत निमा गुरुङले गरेकी थिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







