एनएसजेएफलाई एआइपीएस एसिया अवार्ड


     एभरेस्ट आवाज    
     वैशाख २६ गते २०८० मा प्रकाशित




दक्षिण कोरिया, सोल ।  नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले ‘एआइपीएस एसिया बेस्ट स्पोर्ट्स मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्राप्त गरेको छ। 

एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया)ले मंगलबार एनएसजेएफलाई उक्त अवार्ड प्रदान गरेको हो। 

दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एआइपीएस एसियाको २४ औं कंग्रेस दौरान एनएसजेएफलाई अवार्ड प्रदान गरिएकोहो। 

एआइपीएस एसियाका अध्यक्ष हि डोन जुङले एनएसजेएफका महासचिव प्रज्वल ओलीलाई अवार्ड प्रदान गरे। अवार्ड वितरणसमारोहमा एनएसजेएफका केन्द्रिय सदस्य निशान राई र एआइपीएस एसियाका कोषाध्यक्ष समेत रहेका एनएसजेएफका पूर्व अध्यक्षनिरञ्जन राजवंशीको उपस्थिति रहेको थियो।

ब्यबसायिक खेलकुद पत्रकारिताको प्रबर्द्धन र पत्रकारिताको माध्यमबाट खेलकुदको बिकासमा पुर्र्याएको योगदानको कदर गर्दैएनएसजेएफलाई अवार्ड प्रदान गरिएको एआइपीएस एसियाले जनाएको छ।

‘हाम्रो एआइपीएस एसियाका सदस्य राष्ट्र मध्ये एनएसजेएफ सबैभन्दा सक्रिय संस्था हो । हामीलाई प्राप्त जानकारी अनुसार खेलकुदपत्रकारिता र खेलकुद पत्रकारहरुको वृतिविकासको लागि एनएसजेएफले वर्षभरि विभिन्न कार्यक्रम गर्दै आएको छ । म बधाई दिनचाहन्छु, ’ अवार्ड प्रदान गरेपछि अध्यक्ष जुङले भने । 

एनएसजेएफ नेपाली खेलकुद पत्रकारहरुको छाता संगठन हो । एनएसजेएफले हरेक वर्ष एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको साथैखेलकुद पत्रकारहरुको वृतिविकासको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ।

यस्तै बंगलादेश स्पोर्ट्स प्रेस युनियनले समेत ‘एआइपीएस बेस्ट स्पोर्ट्स मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्राप्त गरेको छ। 

एआइपीएस एसियाका पूर्व अध्यक्ष ग्याप चुल पार्क, पूर्व सदस्य मानुचोर जान्दी र युसुफ बर्जाबीलाई एआइपीएस लिजेन्ड अफएसिया अवार्ड प्रदान गरिएको छ । 

फिफा विश्वकप आयोजक कतारले बेस्ट अर्गनाइजर अवार्ड तथा बेस्ट सपोर्टर अवार्ड साउदी अरेबियाले प्राप्त गरेको छ। हि डोनजुङलाई बेस्ट एआइपीएस प्रेसिडेन्ट प्रदान गरिएको छ।

त्यस्तै कंग्रेस दौरान एआइपीएस एसियाका कोषाध्यक्ष राजवंशी र महासचिब अमजद अजिज मल्लिकले पेश गरेको वार्षिक प्रतिवेदनपारित गरेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।