पोखरा । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना तथा नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल मेनेजमेन्ट (नाथम) को प्राविधिक सहकार्यमा शुक्रवारदेखि पोखरामा ट्रेकिङ्ग गाइड तालिम शुरु भएको छ ।
पोखराको तालबाराही मा. वि. मा पाँच हप्तासम्म सञ्चालन हुने तालिममा करिव तीन सय जनाको सहभागीता रहेको तालिम संयोजक गोपालकृष्ण संग्रौलाले जानकारी दिए ।
देशमा देखा परेको विभिन्न किसिमको घट्नाक्रमसंगै पर्यटन मजदुरहरु विभिन्न क्षेत्रमा पलायन हुनेक्रम बढ्दो रहेको अवस्थामा तालिमले दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याउने विश्वास गरिएको तालिम संयोजक संग्रौलाले बताए ।
संस्थाले हालसम्म करिव एक हजार नौ सय जनालाई तालिम दिइसकेको संस्थाका अध्यक्ष धर्मराज पन्थीले दावी गरे ।
अन्तरवार्ताका माध्यमबाट छनौट भएका उनीहरुलाई ६ वटा छुट्टा–छुट्टै सेक्सनमा विभाजन गरि तालिम सञ्चालन गरिने आयोजकले जनाएको छ । तालिममा नाथमका निर्देशक रतन साउदले सहजिकरण गरेका थिए ।
संस्थाका अध्यक्ष धर्मराज पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा नाथमका विभागिय प्रमुख अजय कुमार ढकाल, टानका पूर्व अध्यक्ष तथा पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष सोम थापा, पूर्व अध्यक्ष हरि भुजेल, ताल वाराही मा.वि. व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद न्यौपाने, प्रधानाध्यापक तारा प्रसाद पोख्रेल, संस्थाका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद आचार्य, गोपाल कृष्ण संग्रौला, महासचिव तिर्थराज सुवेदी लगायतले बोलेका थिए ।
पोखरा आसपासका क्षेत्रमा विश्वकै १० उत्कृष्टमध्येको अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, धवलागिरि चक्रीय पदमार्ग, सहस्राब्दी (मिलेनियम) पदमार्ग, पुनहिललगायतमा पछिल्लो समयमा पदयात्रा पर्यटनतर्फ आकर्षण बढिरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







