काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ नेता युआन च्या च्युनबीच भर्चुअल संवाद भएको छ ।
नेपाल भ्रमणमा रहेका चिनियाँ नेता च्या च्युनसँग इटलीको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज भर्चुअल संवाद गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार च्या च्युन र प्रधानमन्त्री प्रचण्डबीच आज दिउँसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको हो ।
संवाद क्रममा प्रधानमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका च्या च्युनलाई न्यानो स्वागत गरे । भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







