‘एसिया रग्बी यु–२० सेभेन्स’ महिला तथा पुरुष च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।
नेपाल रग्बी सङ्घद्वारा आगामी भदौ २ र ३ गते आयोजना हुने उक्त प्रतियोगितामा पुरुषतर्फ विभिन्न सात र महिलातर्फ तीन राष्ट्रको सहभागिता रहने छ । प्रतियोगिता बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका महासचिव गोविन्द घिमिरेले पुरुषतर्फ आयोजक नेपालसहित भारत, थाइल्यान्ड, चाइनिज ताइपे, हङकङ र उज्वेकिस्तानको सहभागिता रहनेछ ।
त्यस्तै महिलातर्फ नेपाल, थाइल्यान्ड र मलेसिया रहेका छन् । उक्त प्रतियोगिताको विजेता टोलीले एसिया रग्बीको ट्रफी प्राप्त गर्नेछ । उक्त प्रतियोगिताका लागि गत गत असार १५ गतेदेखि महिला तथा पुरुष टोलीको बन्द प्रशिक्षण पोखरामा भइरहेको आयोजकले जनाएको छ ।
उक्त प्रतियोगिताको लागि करिब रु ७२ लाख खर्च लाग्ने आयोजकको भनाइ छ । उक्त प्रतियोतिगाको खेल भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







