फाइल तस्विर
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द उर्फ विप्लव सीले विदेशीको हितमा चल्ने गैरसरकारी संस्था (एनजिओ र आईएनजिओ)हरुले जनतामा निराशा छर्दै जनतालाई भड्काईरहेको आरोप लगाएका छन् । समाजवादी मोर्चाको पोखरामा शुक्रबार आयोजित गण्डकी प्रदेश सन्देश सभालाई सम्बोधन गर्दै उनले एनजिओ, आईएनजिओलाई कुतत्व र त्यसका सञ्चालकहरुलाई भरौटेको संज्ञा दिए । विदेशीहरु जो नेपाललाई स्वाधिन बनेको देख्न चाहँदैनन्,उनले भने,‘र ती विदेशी शक्तिहरुका भरौटेहरु । जो जनताको बिरुद्धमा विभिन्न गैरसरकारी संस्था (एनजिओ, आईएनजिओ खडा गरेर जनतालाई भ्रमित पार्दै हिंड्ने कुतत्वहरु । समाजलाई विघटित गर्ने, समाजलाई विखण्डन मच्चाउने । उनीहरुले अहिले धर्मको नाममा, कहिले जातिको नाममा, कसैलाई क्षेत्रको नाममा भड्काईरहेका छन् ।’
महासचिव विप्लवले विदेशीको लगानीमा सञ्चालित एनजिओ, आईएनजिओको भड्कावहरुमा नलाग्न जनतालाई आग्रह गरे । यी भड्काव नेपाली जनताको हितमा नभएको बताउँदै उनले भने,‘हामी त नेपालमा नया जाती बनाउने हो । नया सभ्यता बनाउने हो अनि नया संस्कृति र नया आन्दोलन थाल्ने हो ।’ उनले दलाल पुँजीपती वर्गको चरम निराशावादी घेराबन्दीका कारण अहिले श्रमजिवीहरु जिउँदै मर्न बाध्य भइरहेको बताए । दलाल पुँजीपती वर्गले अहिले हमला गरिरहेका छन्,उनले भने,‘सुकुम्बासी बस्तीमा डोजर लगाउने, मिटरव्याजीको वहानामा फेरी फाँसीमा लट्किन बाध्य बनाउने, श्रमिक किसानहरुलाई जिउँदै मर्न बाध्य बनाउने, मध्यम वर्गका उद्यमी व्यवसायीलाई आगो लगाएर आत्मदाह गर्न विवश गराउने कार्यहरु यसैको परिणाम हो ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ६ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिनका लागि…





