सुनचाँदीको मुल्य मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार हेर्नुहोस ?


     एभरेस्ट आवाज    
     भाद्र १८ गते २०८० मा प्रकाशित




आज सुनचाँदीको मुल्यमा बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज आज छापावाल सुनको मूल्य प्रतितोला रू. एक लाख १३ हजार कारोबार भैरहेको छ । अघिल्लो दिन प्रतितोला रू. एक लाख १२ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू चार सयले बढेको हो ।आज तेजाबी सुनको मूल्य प्रतितोला रू. एक लाख १२ हजार चार सय ५० तोकिएको छ ।

यसैगरि, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू. पाँचले बढेर रू. एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।