एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको भारतविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ ।
श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले १० ओभरमा एक विकेट गुमाउँदै ६५ रन बनाएको छ ।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका थिए । तर नेपालले ९।५ ओभरमा पहिलो विकेट गुमायो । नेपालका सुरुआती व्याट्सम्यान कुशल भुर्तेल ३८ रनमा आउट भए । उनले दुई छक्का र तीन चौका प्रहार गरेका थिए ।
अहिले आसिफ शेख र भीम सार्की क्रिजमा छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







