एमालेका उपाध्यक्ष नेम्वाङको निधनप्रति गण्डकी मुख्यमन्त्री पाण्डेद्वारा दुःख व्यक्त


     एभरेस्ट आवाज    
     भाद्र २६ गते २०८० मा प्रकाशित





गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनले आफू स्तब्ध भएको बताएका छन ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दिवङ्गत नेता नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समेवेदना व्यक्त गरेका छन । इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण काठमाडौँमा निधन भएको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।