पोखरा, भदौ ३०
एभरेस्ट मिडिया हाउसको अध्यक्षमा पुनः कर्मकुमारी गुरुङ चयन भएकी छन् । मिडिया हाउसको तेश्रो साधारणसभा तथा दोश्रो अधिवेशनले संस्थापक अध्यक्ष गुरुङलाई पुनः दोश्रो कार्यकालका लागि चयन गरेको हो ।
सुईखेत रिभर भ्याली रिसोर्ट सुईखेतमा सम्पन्न अधिवेसनले सञ्चालक समिति सदस्यहरुमा सरोज श्रेष्ठ, हरि शर्मा गैह्रे, सन्तोष पोखरेल, मनोहर श्रेष्ठ, सोभितमान बुद्धाचार्य, भोलाकुमार श्रेष्ठ र धनकुमारी रायमाझीलाई चयन गरेको हो ।
दोश्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन भएपछि बोल्दै अध्यक्ष गुरुङले पोखराको विकास, समृद्धि र पर्यटनको प्रवद्धनसँगै समाज रुपान्तरणमा आवाज विहीनहरुको आवाज बनेर काम गरिरहेको बताए । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाईरसजस्तो महामारीका कारण उत्पन्न असहज परिस्थितिमा स्थापित यस मिडिया हाउस अहिले अग्रणी स्थानमा रहनुमा श्रोता र विज्ञापनदाताको अपार माया विश्वास रहेको भन्दै आभार व्यक्त गरे ।
साधारण सभाले वार्षिक प्रगती विवरण र आर्थिक प्रगती विवरण पारित गरेको छ ।
साधारण सभाको अवसरमा मिडिया हाउसका सेयर सदस्य र कर्मचारी तथा उनीहरुका परिवारहरुबीच गेट टुगेदर र तीजको दर खाने कार्यक्रम राखेर तीज उत्सव विशेष मनाइएको थियो ।
२०७७ भदौमा स्थापित एभरेस्ट मिडिया हाउसले पोखराबाट प्रशारण हुने एभरेस्ट एफ.एम. ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकम सञ्चालन गर्दै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको न्यूरोडमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ । आज…







