दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक


     एभरेस्ट आवाज    
     असाेज ७ गते २०८० मा प्रकाशित




काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर दुई हजार दस दशमलव ३५ अङ्क कायम भएको छ ।

आज दुई सय ८५ कम्पनीको ९० लाख तीन हजार नौ सय ४१ कित्ता शेयर ८१ हजार १० पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ३२ करोड ६८ लाख ९५ हजार दुई सय छ बराबरको कारोबार भएको छ ।

लघुवित्त समूहको उपसूचक शून्य दशमलव ९९ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह एक दशमलव ९८ प्रतिशत र व्यापार समूह एक दशमलव ८१ प्रतिशतले गिरावट देखिएको छ ।

आज तीनवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड र एसियन हाइड्रोपावरको शेयर मूल्यमा दस प्रतिशतले वृद्धि देखिएको हो ।

शुभम् पावर लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रू १३ करोड २४ लाख ९८ हजार नौ सय ५० बराबरको शेयर किनबेच भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख ७१ हजार चार सय ६० कित्ता शेयर किनबेच भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।