१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ अहिले नेपाल र बङ्लादेशबीच खेल भइरहेको छ । समूह ‘डी’मा रहेका दुवै टालीले आफ्नो अन्तिम खेल खेलिरहेका छन् । नेपाल र बङ्लादेश यसअघि खेलेका आफ्ना दुवै खेलमा पराजित भइसकेका छन् ।
वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा १ स् ४५ बजे सुरु भएको हो । नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित २–० गोलअन्तरले तथा दोस्रो खेलमा जापानसित ८–० गोलअन्तरले पराजित भएको थियो ।
यस्तै बङ्लादेश पनि पहिलो खेलमा जापानसित ८–० गोलअन्तरले तथा भियतनामसँग ६–१ गोलअन्तरले पराजित भएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







