पोखरा ।
पोखरा फुटवेयर बिजनेस सेन्टरमा ‘जुत्ता चप्पल मेला’ सुरु भएको छ । पोखरामा जुत्ता चप्पलहरुको संयुक्त शोरुम पोखरा फुटवेयर बिजनेस सेन्टरमा चाँडपर्व लक्षित जुत्ता चप्पल मेला शुरु भएको हो । पोखराको सबैभन्दा ठूलो र सबै कम्पनीका जुत्ता चप्पलहरु पाईने उक्त शोरुममा दशैं, तिहार, नेपाल सम्वत, छठ, ईदलगायतका चाँडपर्वहरु लक्षित गरेर जुत्ता चप्पल मेला शुरु भएको सञ्चालक सबिन कार्कीले जानकारी दिए ।

चाँडपर्व लक्षित जुत्ता चप्पल मेलामा छुट अफर लागू भएको सञ्चालक कार्कीले बताए । बिजनेस सेन्टरको सृजनाचोक शोरुम र सिद्धार्थचोक शोरुम दुबै ठाउँमा मेला अन्तर्गतको छुट अफर लागू भएको उनको भनाई छ ।

मेलाको अवसरमा जुत्ता चप्पल खरिद गर्दा १५ देखि ६० प्रतिशतसम्म छुट दिईने गरेको जनाइएको छ। चाडपर्वको अवसरमा उपभोक्तालाई राहत होस् भन्ने उद्देश्यले मेला आयोजना गरेर छुट प्रदान गरिएको कार्कीले बताए।
शोरुममा १० वटा कम्पनीको ३० भन्दा बढी ब्राण्डका जुत्ता चप्पलहरु उपलब्ध छन् । चाडपर्वलाई लक्षित गरी नयाँ मोडलका जुत्ता चप्पल पनि उपलब्ध रहेको जनाइएको छ ।
मेला र छुट अफर कात्तिक ४ गतेसम्म जारी रहने सञ्चालक कार्कीले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







