दृष्टिविहीन शिक्षिका शोभा पौडेलले अनसन तोडेकी छन् । आफूलाई दरबन्दी अनुसार हाजिर गर्न नदिएको भन्दै अनसनमा बसेकी उनको माग पूरा गर्न पहल गर्ने निर्णय भएपछि उनले अनसन तोडेकी हुन । तीन दिनदेखि अनसन बसेकी उनको अवस्था नाजुक बनेको थियो । उनलाई स्लाईन लगाएर राख्ने अवस्था बनेपछि सरोकारवाला अधिकारकर्मीले दवाबमूलक कार्यक्रम शुरु गरेपछि वार्ताको वातावरण बनेको थियो ।


शिक्षा सम्बद्ध सबै संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा मंगलबार भएको वार्तामा अनसनरत शिक्षिका शोभा पौडेललाई कास्कीको मादी–४ स्थित तारकाङस्थित ध्रुव माविमा पदस्थापन गर्ने निर्णय भएको छ । जसका लागि सम्बन्धित सबैले सहमति दिने सहमति पत्रमा उल्लेख छ । तर केहि समयपछि भने पोखरा महानगर भित्रको कुनै एक विद्यालयमा सरुवा गर्ने निर्णय भएको छ । यसअघि लमजुङको दोर्दी–७ स्थित बालकल्याण माविमा पदस्थापन भएपनि त्यहाँ हाजिर भएपश्चात अपायक परेको भन्दै अनसनमा बसेकी थिईन्
निर्णयमा शिक्षा विकास तथा समन्वय ईकाई कास्कीका प्रमुख लोकनाथ आचार्यसहित शिक्षासँग सम्बद्ध कार्यालय प्रमुखदेखि शिक्षक संघ संगठनका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







