पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल प्रतिलिटर एक सय ७२


     एभरेस्ट आवाज    
     असाेज २८ गते २०८० मा प्रकाशित




असोज २८ पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र रु ५ घटाएको हो ।

मूल्य समायोजन पश्चात पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७२ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६८ तोकिएको छ ।
यसअघि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८३ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ७३ थियो ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअुनसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर रु ११.१८ र रु ५.०३ ले घटेर आएकाले पेट्रोलियम पदार्थ मूल्य घटाइएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।