आज बडादशैंको मुख्य दिन बिजयादशमी, टीकाको शुभ साईत ११ः२ मिनेटमा


     एभरेस्ट आवाज    
     कार्तिक ७ गते २०८० मा प्रकाशित




नेपालीको महान चाड बडादशैंको आज मुख्य दिन बिजयादशमी । आजको दिन नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । बिजयादशमीको अवसरमा आज दिनभरी नै मान्यजनबाट टीका प्रसाद ग्रहण गर्ने चलन छ ।

आज टिकाको शुभ साईत ११ः२ मिनेटमा रहेको छ । टिकामा शुभसाईत खोज्न नपर्ने भएपनि शुभ साईत खोज्नेका लागि सो समय उत्तम रहेको जनाइएको छ । दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व भव्य रुपमा मनाउँछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।