कात्तिक १२ काठमाण्डौं संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आगामी मङ्गलबार दिउँसो ४ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सदनलाई सोसम्बन्धी जानकारी दिएका हुन् । उनले भोलि दिउँसो ३ बजे ४५ मिनेटभित्रै औपचारिक पोशाकमा बैठक कक्षमा उपस्थित हुन सांसदहरुलाई आग्रहसमेत गरे ।
यसैबीच अर्थमन्त्रीकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रतिनिधिसभामा ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’ र ‘भन्सार विधेयक, २०८०’ प्रस्तुत गरेका थिए ।
सभामुख देवराज घिमिरेले दुवै विधेयक संशोधनका लागि प्रस्तुत गर्न अनुमति दिए । प्रतिनिधिसभाको अर्को बैठक यही कात्तिक १६ गते बिहीबार बिहान ११ बजे बस्नेत तय भएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







