पार्टी भित्रको दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावादबिरुद्ध लड्न पृथ्वी सुब्बा गुरुङको आह्वान


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०८० मा प्रकाशित




फाइल तस्विर

नेकपा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टी भित्र दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावाद जबरजस्त रुपमा रहेको बताएका छन् । नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रमलाई सोमबार पोखरामा सम्बोधन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका उनले त्यस किसिमका दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावादबिरुद्ध लड्न नेता कार्यकर्ताहरुलाई आह्वान गरेका हुन् । उनले पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारीलाई ईंगित गर्दै यो कुरा बताएका हुन् ।

पार्टी भित्र संकिर्णतावाद, व्यक्तिवादलगायतका धेरै किसिमका प्रवृत्ति रहेको भन्दै त्यसलाई मिलेर परास्त गर्नुपर्नेमा जोड दिए । त्यसभित्र यसलाई परास्त नगरेसम्म मजबुत एमाले बन्न नसक्ने उनको भनाई थियो । त्यसबिरुद्ध लड्न उनले प्रदेश कमिटीलाईपनि निर्देशन दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।