पोखरा, कात्तिक १४
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रकृतिबिरुद्धको लडाईं रोक्ने सन्देश दिनु आफ्नो भ्रमणको प्रमुख उद्देश्य रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव गुटेरेसले मंगलबार विहान अन्नपूर्ण हिमाल आधार शिविर पुगेर भने,‘जलवायु परिवर्तन प्रकृतिबिरुद्धको लडाईं हो, त्यसैले यसलाई रोक्ने सन्देश दिनु मेरो भ्रमणको प्रमुख उद्देश्य हो ।’
महासचिव गुटेरेसले जलवायु परिवर्तन विकशित र सम्पन्नशाली देशहरुको कारणले भइरहेपनि त्यसको नतिजा नेपाल र नेपालजस्ता विकाशोन्मुख र अल्प विकशित देशहरुले भोगिरहेको बताए । ग्लोवल वार्मिङ निम्त्याउने मुख्य देशहरु भनेको विकशित र सम्पन्नशाली राष्ट्रहरु हो । यसमा नेपालको कुनै हात छैन । अरु धनी राष्ट्रहरुले गर्दाखेरी जलवायु परिवर्तन भइरहेको छ । तर नेपालले त्यसको नतिजा भोगिरहेको छ ।’
अन्नपूर्ण आधार शिविरको अवलोकन भ्रमणबाट पोखरा फर्किएपछि विशेष पत्रकार सम्मेलनसमेत गरेका महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण हिमालय र हिमनदीहरु पग्लिरहेको बताए । त्यसको प्रत्यक्ष अनुभव गर्न नेपाल आउन विश्व जगतलाई उनले आग्रहसमेत गरे । जलवायु परिवर्तनकै कारण मानव र समुदायमा नकारात्मक असर पर्नेगरी हिम पहिरो, पहिरो, बाढीलगायतका प्राकृतिक विपत्तीहरु आइरहेको उनको भनाई थियो । उनले जलवायु परिवर्तन रोकेर सुन्दर हिमाल र हिमनदीहरु जोगाउनुपर्ने बताए ।
महासचिव गुटेरेसले जलवायु परिवर्तनमा हात नभएपनि त्यसको नकारात्मक असर भोगिरहेका नेपाल र नेपालजस्ता देशहरुलाई अन्र्तराष्ट्रिय जगतले साथ र सहयोग गर्नुपर्ने बताए । नेपाल र नेपालजस्ता देशहरुको जलवायु परिवर्तनमा कुनै हात छैन तर नतिजा भने उनीहरुले भोगिरहेका छन् । त्यसैले नेपाललगायतका देशहरुलाई अन्र्तराष्ट्रिय समुदायले अनुकुलनलगायतका लागि साथ, समर्थन र फण्डिङ (सहयोग) गर्नुपर्छ ।’
सोमबार दिउँसो पोखरा आएका महासचिव गुटेरेस मंगलबार विहान नेपाली सेनाको विशेष विमानमार्फत अन्नपूर्ण आधार शिविर पुगेका थिए । त्यहाँ उनले केहि समय बिताएका थिए । त्यहाँ उनले स्थानियसँग भलाकुसारी गर्नुका साथै जलवायु परिवर्तनबारे भिडियो सन्देश रेकर्ड गराएका थिए । जलवायु परिवर्तनको असरबारे प्रमाण जुटाउन उनले भिडियो रेकर्ड गराएका हुन् । महासचिव गुटेरेस सोहि विमानबाट आज विहान लुम्विनी गएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







