पोखरा, कात्तिक १८
पोखरामा च्याउको मूल्य चार वर्ष यताकै न्यून भएको छ । पोखरामा च्याउको उत्पादन बढेपछि मूल्य भने चार वर्ष यताकै न्यून भएको हो । पोखरामा पाँच वर्ष अघि च्याउको मूल्य प्रतिकेजी २ सय ३० रुपैयाँसम्म पुगेको थियो । तर २०७५ सालमा त्यसको मूल्य घटेर ६० रुपैयाँसम्म झरेको थियो । आज चार वर्षपछि फेरी च्याउको मूल्य प्रतिकेजी ६० देखि ७० रुपैयाँमा झरेको किसान सन्दीपबहादुर खत्रीले जानकारी दिए ।
च्याउको मूल्य अप्रत्याशित रुपमा घटेपछि किसान चिन्तित भएका छन् । लागत मूल्य नै १५० रुपैयाँ प्रतिकेजी पर्ने च्याउको मूल्य आधा भन्दा कम घटेपछि किसान निराश भएका हुन् । किसानले ६० देखि ७० रुपैयाँ प्रतिकेजी च्याउ बेचेपनि उपभोक्ताले १ सय ३० रुपैयाँमा किन्नुपर्ने बाध्यता छ । आफूहरुले व्यापारीको सटरमै पु¥याउँदापनि ६० देखि ७० रुपैयाँ पाउँदैनौं,किसान खत्रीले भने,‘तर व्यापारीले १३० मा बेचिरहेका छन् ।’ उनले जसरीपनि किसान नै मर्नुपर्ने स्थिति रहेको गुनासो गरे ।
बजारमा च्याउको मूल्य घट्नुमा दुई कारण रहेको खत्रीको बुझाई छ । च्याउको सिजन अहिले नै हुनु र यहिबेला उपभोक्ताले मासुजन्य पदार्थको उपभोग गर्दा च्याउको खपत कम भएको तथा च्याउ खेती गर्ने किसान बढ्नुका साथै उत्पादनसमेत बढ्दा मूल्य घटेको हुनसक्ने खत्रीको आकलन छ । ‘नत्र त अघिल्ला वर्षहरुमा यसरी मूल्य घट्दैनथ्यो’–उनले भने ।
च्याउको मूल्य घटेपनि च्याउ किसान धेरै तनावमा भने छैनन् ।ण् पोखरा महानगरपालिकाले च्याउको न्यूनतम समर्थन मूल्य तोकेकाले किसान बिस्थापित नै हुनुपर्ने चिन्ताबाट भने मुक्त छन् । महानगरले पोखरामा च्याउको समर्थन मूल्य १ सय ३० रुपैयाँ तोकेको छ । गत वर्ष महानगरले पोखरामा च्याउको न्यूनतम समर्थन मूल्य १५० रुपैयाँ तोकेको थियो । तर यस वर्ष २० रुपैयाँ घटाएर १ सय ३० रुपैयाँ कायम गरिएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । लागत मूल्यलाई आधार बनाएर न्यूनतम समर्थन मूल्य तोकिएको उनले बताए । ‘समर्थन मूल्य भन्दा कम मूल्यमा किसानले च्याउ बेचेमा त्यसमा थपेर समर्थन मूल्य बराबर महानगरले रकम उपलब्ध गराउँछ’–उनले भने । समर्थन मूल्यका कारण च्याउ खेतीबाट बिस्थापित हुने स्थिति आउँदैन भन्नेमा हामी ढुक्क छौं । यसो गरे अनुदानपनि हामीलाई चाहिंदैन’–उनले भने ।
न्यूनतम समर्थन मूल्य वापतको रकम लिनपनि सजिलो रहेको कृषि महाशाखा प्रमुख कडरियाले बताए । किसानले पूर्व जानकारी गराउनुपर्छ,उनले भने,‘पछि हामीले अनुगमन गर्छौं र बेचेको रकमको आधारमा प्रमाण पेश भए तुरुन्तै रकम उपलब्ध गराउँछौं । किसान र उपभोक्ता दुबैले फाईदा पाउनेगरी न्यूनतम समर्थन मूल्य तोक्ने गरिएको उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







