कार्तिक २० काठमाण्डौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।
समितिका अनुसार यस वर्षको टिकाको उत्तम साइत कार्तिक २९ गते बुधबार १० बजेर ५१ मिनेट भाइटीकाको उत्तम साइत रहेको छ ।
साइत खोज्नेहरुका लागि सो समय उत्तम भएपनि भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहने समितिले जनाएको छ ।
यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिवारदेखि शुरु हुने छ । २५ गते काग तिहार परेको छ ।
यस्तै २६ गते कुकुर तिहार र लक्ष्मी पूजा, २७ गते गाई तिहार, २८ गते गोवर्द्धन पूजा/म्हः पूजा, २९ गते भाइटीका परेको छ । भाइटीका लगाएपछि तिहारको समापन हुन्छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







