कार्तिक २२ काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्पीडितका लागि सहयोग जुटाएको छ । मन्त्रलयले आज प्रधामन्त्री रहत कोषमा रू चार करोड १३ लाख ९८ हजार नौ सय ८८ सङ्कलन भएको रकम जम्मा गरेको हो ।
मन्त्रालय मातहतका विभिन्न निकायबाट जम्मा भएको रकम आज पर्यटनमन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ ।
सहयोग रकम जम्मा गर्नेहरुमा नेपाल नागरिक उड्डयन प्राधिकरण रू एक करोड, नेपाल वायुसेवा निगम रू पच्चीस लाख, पर्यटन बोर्ड रू ५० लाख, पशुपति क्षेत्र विकास कोष रू २१ लाख २१ हजार दुई सय ११, नेपाल पर्वतारोहण सङ्घ रू एकतीस लाख ११ हजार एक सय ११, एयर डाइनेष्टिी हेलिकप्टर रू एघार लाख एघार हजार एक सय ११, कैलाश हेलिकप्टर रू दश लाख रहेका छन् ।
त्यस्तै क्यासिनो मोजाङ रू पाँच लाख, क्यासिनो मोजाङ नेपालगञ्ज रू पाँच लाख, डेल्टिन क्यासिनो काठमाडौँ रू पाँच लाख, क्यासिनो वेलिज काठमाडौँ रू पाँच लाख, क्यासिनो प्राइड काठमाडौँ रू पाँच लाख, क्यासिनो प्यालेस काठमाडाँै रू पाँच लाख, क्यासिनो प्यालेस झापाले रू पाँच लाख पर्यटन मन्त्रालयमा जम्मा गरेका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







