क्रिकेटर लामिछाने मुद्दाः एक महिनाभित्र बहस नोट पेस गर्न आदेश


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०८० मा प्रकाशित




फाइल तस्विर

कार्तिक २३ काठमाण्डौं । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बहस नोट एक महिनाभित्र पेस गर्न आदेश गरेको छ ।

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले आज सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेस गर्न आदेश गरेको हो ।

यसअघि बलात्कार मुद्दाको थुनछेक बहसमा अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले लामिछानेलाई विदेशका हुने प्रतियोगितामा खेल्ने अनुमति दिन आदेश गरेको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।