मङ्सिर ३ कर्णाली । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले भूकम्पप्रभावित क्षेत्रमा तीन हजार एक सय जना स्वयंसेवक खटाउने निर्णय गरेको छ ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश विशेष रुपान्तरण अभियानको समीक्षात्मक बैठकले उक्त निर्णय गरेको हो ।
पार्टी निर्णयअनुसार प्रभावित क्षेत्रमा खटिने स्वयंसेवकले भूकम्पपीडितका अस्थायी आवास तथा पुनःनिर्माणमा सहयोग गर्नेछ । सम्बन्धित जिल्ला प्रमुख नेतृत्वको स्वयंसेवक टोली खटाइनेछ ।
भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, सल्ल्यानलगायत जिल्लाका एक सय पाँच वडा प्रभावित भएका छन् । उनले प्रत्येक वडामा २१ जनाको टोली सक्रिय हुनेछ ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार जाजरकोटमा एक सय पाँच जनाको ज्यान गएको थियो भने एक सय १२ जनाभन्दा बढी घाइते भएका थिए । रुकुमपश्चिममा ५२ जनाको मृत्यु र ७९ जना घाइते भएका थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







