पोखरा, मंसिर २२
गण्डकी स्पोर्टस क्लव नदीपुर पोखराले क्लवका तीन पूर्व खेलाडीलाई सम्मान गरेको छ । हाल अमेरिका बस्दै आएका क्लवका पूर्व खेलाडीहरु पारस कुँवर, सचिन बाटाजु र दीपेश श्रेष्ठलाई क्लवले सम्मान गरेको हो । क्लवको वनभोज कार्यक्रमको अवसरमा शुक्रबार क्लवको आजिवन सदस्यसमेत रहेका उनीहरुलाई सम्मान गरेको क्लवका अध्यक्ष उमेश सिकेले जानकारी दिए ।
कार्यक्रममा क्लवका अध्यक्ष सिकेसहित सल्लाहकारहरु आनन्द रञ्जित, बुद्ध गुभाजुलगायतले दोषल्ला र सम्मान पत्र प्रदान गरेर सम्मान गरेका थिए ।
क्लवले चाँडै आफ्नै खेल मैदान बनाउने तयारी गरेको छ । त्यसका लागि सहयोग संकलन गर्ने तयारी भएको क्लवका अध्यक्ष सिकेले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







